नियम ६८
दस्तुर सम्बन्धी थप व्यवस्था
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम अदालती शुल्क लाग्ने मुद्दा बाहेक वाणिज्य इजलासको अधिकारक्षेत्र अन्तर्गतका मुद्दामा फिराद वा दाबीयुक्त निवेदन, पुनरावेदनपत्रका लागि एक हजार रुपैयाँ, लिखित जवाफ वा लिखित प्रतिवादका लागि पाँच सय रुपैयाँ र मुद्दाको कारबाहीको क्रममा पेसी चढी इजलास समक्ष पेस गर्नुपर्ने फुटकर निवेदनका लागि पचास रुपैयाँ दस्तुर लाग्नेछ ।